बिर्तामोड

 दमकका देशु भन्ने यामु निरौलाको हत्यामा  संमलग्न आरोप लागेका संखुवासभा मादी–१०का गणेश दर्जीलाई प्रहरीले प्रकाउ गरेको छ । झापा प्रहरीले

काँकरभिट्टबाट उनलाई पक्राउ गरेको हो । प्रहरीले हत्या आरोपी दमक ३ दुम्सेमा बस्दै आएका २६ वर्षीय दर्जीलाई कारसहित पक्राउ गरिएको जनाएको छ । 

उनको साथमा रहेको मे। १ च २३९९ र प्रदेश १–०१–००१ च ८६३१ नम्बरका कारलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले यसअघि घटनामा संलग्न मोरङ उर्लाबारी–६ का ४२ वर्षीय प्रकाश कार्की, र वडा नम्बर ७ का ४९ वर्षीय ध्रुव गौतमलाई पक्राउ गरिसकेको छ ।

दमक–३ उज्यालो टोल विकास संस्थाको दक्षिणस्थित बगर टोलमा जग्गाको विषयमा भेला भएका बेला कात्तिक ६ गते दमक–९ का ३७ वर्षीय निरौलामाथि कुटपिट हुँदा मृत्यु भएको थियो ।