बिर्तामोड

बिर्तामोडको हिकोला रोड आजदेखि एकतर्फी सन्चालन गरिएको छ । आज आईतबार  बिहान एक कार्यक्रमका बिच  बिर्तामोड उद्योग वाणिज्य संघ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोड वडा नम्बर ५, स्थानीय व्यवसायी लगायतले एकतर्फी सडकमा सांकेतिक चिन्ह राखिएको हो ।  

सो सडक एकतर्फि गर्ने बिषयमा ४ दिनअगाडि निर्णय गरिएको थियो । सोहि बमोजिमआज बाट सडक एक तर्फि गरिएको हो । लायन्स क्लब अफ बिर्तामोड सिटीले सडकमा आवश्यक पर्ने ट्राफिक सांकेतिक बोर्ड निशुल्क पलब्ध गराएको हो ।

FB_IMG_1730014165524

अति व्यस्त बन्दै गएपछि बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा काँकरभिट्टा रोडबाट कृषिथोक जाने हिकोला रोडमा सवारी साधन एकतर्फी ९दक्षिणबाट उत्तर० मात्र सञ्चालन गर्ने निर्णय भएको संघका अध्यक्ष राजु न्यौपानेले बताए ।

त्यस्तै, हिकोला रोडमा प्रत्येक महिनाको १५ गतेसम्म सडकको पूर्वतर्फ र १६ गतेबाट मसान्तसम्म पश्चिमतर्फ दुईपांग्रे सवारी मात्र पार्किङ गर्न पाइने भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाका प्रहरी प्रमुख गणेश पौडेलले यसले केहि हद सम्म सजह हुने विश्वास ब्यक्त गरे । उनले बिर्तामोडको अति ब्यस्त भित्रि सडक मध्येको सो सडकमा पैदलयात्री, सवारी चालकले यस अघि भोग्दै आएको सास्तीको केहि हद सम्म अन्त्य हुने बताए । 

त्यस्तै, हिकोला रोडमा सामग्रीहरु लोड अनलोड गर्ने ठुला सवारी साधनलाई बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म प्रवेश निषेध गर्ने र शनिश्चरे रोड ग्लोबल आइएमइ बैंक हुँदै कृषि थोक चोक ९चौबाटो० सडक क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय भएको संघका कोषाध्यक्ष युवराज निरौलाले जानकारी दिए ।