बिर्तामोड । मृगौला पीडित भक्तबहादुर भारतीले उपचारकालागि सहयोगको अपिल गरेका छन् । आर्थिक अभावका कारण उपचारमा समस्या भएका झापाको मेचीनगर–४ स्थित बाहुण्डाँगीका दुबै मृगौला खराव भएका ४० बर्षिय भारतीले सहयोगको अपिल गरेका हुन् । 

उपचार गर्दा गर्दै भएको सवै सम्पत्ति सकेर अहिले उनी अर्जुनधारा–४ स्थित समावेशी टोलमा अर्काको घरमा आश्रय लिएर बसेका छन् । 

२०८० पुसमा प्रेसरले हानेपछि धुलाबारीस्थित आम्दा अस्पतालमा परिक्षण गर्दा त्यहाँका चिकित्सकको सल्लाह अनुसार बिराटनगरको नोवेल टिचिङ अस्पतालमा परिक्षण गर्दा दुबै मृगौला फेल भएको थाहा पाएको उनले जानकारी दिए ।  

हाल भारती बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा हप्तामा दुई पटक डायोलोसिस गर्दै आएका छन् । डायोलोसिस फ्रिमा भएपनि रगत लिदा र अन्य औषधी सेवन गर्न महिनाको २० हजार रुपैयाँ जती खर्च हुने उनी बताउँछन् ।

आर्थिक अवस्था कमजोर भएका कारण मेचीनगर–४ बाहुण्डाँगीमा रहेको ७ कठ्ठा जग्गासहित घर बेचेर उपचार गर्दै आएका उनको हाल आर्थिक अभावकै कारण उपचारमा समस्या भएको उनकी श्रीमती गिता गिरी भारतीले बताइन् । आफ्नो भएको जायजेथा सवै बेचेर साथै आफन्तहरुसँग सापटी लिएर उपचार गर्दा पनि ठीक नभएको र अव उपचार गर्न कुनै बाटो नभएकाले सवै समक्ष सहयोगको याचाना गरिएको श्रीमती गिताले बताइन् ।

पिडीत भारती दम्पत्ती १७ बर्षिया छोरी आयुश्मा र १५ बर्षिय छोरा आयुस छन् । 

आर्थिक अभावकै कारण उपचारमा समस्या झेल्दै आएका भक्तबहादुरलाई सकेको आर्थिक सहयोग गरेर उपचारमा सहयोग गरी जीवन बचाइदिन भारती बन्धु एकता समाज नेपालका केन्द्रिय अध्यक्ष उमेश भारती र सचिव बिमल भारतीले सवैमा अनुरोध गरेका छन् ।

भारतीको नाममा रहेको नेपाल बैंक लि. खाता नं. ०५५०१००७६४०४४००००००१ मा सहयोग गर्न उमेशले सबैलाई अपिल गरेका छन् ।