झापा । नेपाल अलैंची व्यवसायी महासंघले दिपावली, छैठलगायतका पर्वको अवसरमा आज विर्तामोडमा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।

महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा आयोजित सो समारोहमा वरिष्ठ उपाध्यक्ष इन्द्रचन्द बिन्दलले स्वागत मन्तव्य राखेका थिए भने महासचिव नारायण चिमरियाले कार्यक्रम सञ्चालन गरेका थिए ।

WhatsApp Image 2024-10-28 at 04.22.41

सो कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्र कुमार खड्का थिए । उनले शुभकामना व्यक्त गर्दै अलैंची व्यवसायमा देखिएका समस्याहरू समाधान गर्न सबै पक्षको सामूहिक प्रयासको आवश्यकता औंल्याए। त्यस्तै,

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिपक नेपाल, नेपाल अलैंची व्यवसायी महासंघका संस्थापक अध्यक्ष तथा संरक्षक राजेन्द्रकुमार घिमिरे, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवम् अग्रज अलैंची व्यवसायी ओमकृष्ण विमली, 

सल्लाहकार दिनेशकुमार मित्तल, भोजराज जैन, बाबुलाल जैन, महासंघका कास्की जिल्ला अध्यक्ष सुरेन्द्र क्षेत्री, महासंघका उपाध्यक्ष सुवास भट्टराईलगायतले  शुभकामना मन्तव्य राख्दै अलैंची व्यवसायलाई हेर्ने सरकारी दृष्टिकोणमा परिवर्तन हुनुपर्ने औंल्याए । अहिले अलैंचीको मूल्य बढे पनि उत्पादन घटेका कारण किसान र व्यवसायी दुबै पक्ष मर्कामा परेको सहभागीहरुको भनाइ थियो ।

WhatsApp Image 2024-10-28 at 04.22.41

कार्यक्रममा अलैंची क्षेत्रका समस्या समाधानका लागि सरकारी तथा निजी क्षेत्रबाट साझा पहलको आवश्यकता रहेको चर्चा गरिएको थियो । साझा पहलले मात्र  यो व्यवसायलाई प्रभावकारी रूपमा अघि बढाउन सकिने बताइएको थियो । 


सोही अवसरमा महासंघले विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृतसमेत गरेको महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले बताए ।