झापा  । झापाको गौरादहमा गोरुले हानेर घाइते भएका एक पुरुषको  बिहिबार उपचारको क्रममा मृत्यु भएको छ ।

बिहीबार बेलुका गौरादह नगरपालिका–७ जामबारका ४८ वर्षीयको कृष्ण शर्माले बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा उक्त गोरुले हानी घाइते भएका थिए ।

उनलाई लाइफ लाइन अस्पताल दमक ल्याएर उपचार गराउँदा ढाँडको सात वटा करङ भाँचिएकाले थप उपचारका लागि नोबेल अस्पताला विराटनगर रेफर गरिएको थियो ।

उनको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोही गोरुलाई समाउने क्रममा सोही स्थानका ४५ वर्षीय रविन राजवंशी समेत घाइते भएका छन् ।

लाइफ लाइन अस्पताल दमकमा घाइते राजवंशीको उपचार भइरहेकोमा टाउकोको सिटी स्क्यान गर्नुपर्ने भएकाले नोबेल अस्पताल बिराटनगर रेफर गरिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।