काठमाडौं । देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मनिपुर आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू९भागमा आंशिक देखि साधारणतया बदली रही एक दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बाँकी भू(भागमा आंशिक  बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

सोमबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत  देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा, बाँकी पहाडी भू(भागका थोरै स्थानहरूमा तथा तराई भू(भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू‍(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, सोमबार राती बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू(भागका एकरदुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍(भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।