काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर रेखा पौडेल संयुक्त अरब इमिरेट्स ९युएई० फर्किएकी छन्। घरेलु मैदानमा कार्तिक २ देखि १४ गतेसम्म भएको साफ महिला च्याम्पियनसिप २०२४ खेल्न उनी स्वदेश फर्किएकी थिइन्। उक्त च्याम्पियनसिप सकिएको तीन दिनपछि उनी आवुधावी काउन्ट्री क्लबबाट व्यवसायिक फुटबल खेल्न युएई फर्किएकी हुन्। 

नेपाललाई छैटौपल्ट साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याउन उनले सात गोल गरेकी थिइन्। तर, सेमिफाइनलमा भारतविरुद्ध दोहोरो पहेंलोसहित रातो कार्ड बेहोर्दा उनले फाइनल भने गुमाएकी थिइन्। 

आवुधावी काउन्ट्री क्लबबाट उनले चार खेलमात्रै खेलेकी छन्। क्लबलाई एएफसी च्याम्पियन्स लिगमा छनोट गराउन उनले महत्त्वपूर्ण दुई गोल गरेकी थिइन्।