पथरी
द ब्युटी वर्ल्ड मेकअप पार्लर एण्ड ट्रेनिङ सेन्टरले आफ्नो फ्रेन्चाइज बिस्तारलाई तिब्रता दिएको छ । सीप सिकाएर महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यसहित आफ्नो फ्रेन्चाइज बिस्तार धमाधम गरीरहेको जनाएको छ । यसै क्रममा बुधबार मोरङको पथरीमा शाखा बिस्तार गरिएको छ ।
हाल देशका विभिन्न शहरमा ४० वटा फ्रेन्चाइज बिस्तार गरेको ब्युटी वर्ल्डले वार्षिक ४ सय महिलालाई निःशुल्क सीप प्रदान गरी आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजनालाई अघि सारेको सञ्चालक वत्सल भट्टराईले जानकारी दिए ।
देशका विभिन्न शहरमा बिस्तार भएका फ्रेन्चाइजबाट कम्तिमा १० जना गरिव तथा विपन्न परिवारका महिलालाई छनोट गरी पार्लर सम्बन्धि सीप उपलब्ध गराएर देशतथा विदेशमा रोजगारका लागि दक्ष जनशक्ती उत्पादन गर्ने उद्देय रहेको ब्युटी वर्ल्डका सञ्चालक भट्टराईको भनाई छ ।
एक कार्यक्रमका बीच प्रमुख अतिथि पथरी शनिश्चरेकी पूर्व उपप्रमुख यमुना विष्ट वास्तोला, वडा नं–१ का वडाध्यक्ष भीमकुमार राई र पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले संयुक्त रूपमा रिवन काटेर उद्घाटन गरेका छन् ।
यसैबीच ब्युटी वर्डले पथरीमा रहेको किङ एण्ड क्वीन युनिसेक्स सैलुनसँग बुधबार औपचारिक सम्झौता गर्दै आफ्नो फ्रेन्चाई स्थापना गरेको छ ।
प्रमुख अतिथि यमुना विष्ट वास्तोला, वडा नं– १ र ७ का वडाध्यक्ष क्रमशः भीमकुमार राई र उद्ववराज वस्नेत , उर्लाबारी नगरपालिकाका वडा नं–२ का वडाध्यक्ष राजन कडेँल, उर्लाबारी उद्योग वाणिाज्य संघका पूर्व अध्यक्ष भरत भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
३० लाख भन्दा बढी लगानीमा शाखा स्थापना गरिएको पथरी शाखाकी प्रमुख रेखा वस्नेत भट्टराईले बताइन ।
झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको ब्युटी वर्ल्डले ल्याएका योजनाहरुले महिलाहरुलाई अवसर संगै सिर्जना प्रदान गर्दै आएको सञ्चालक भगवान बस्नेतले बताए ।