झापा
झापाको बिर्तामोडमा क्यान्सर रोग पिडीत आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यास विमोचन गरिएको छ ।
लेखक बुढाथोकीको चार बर्षको प्रयासपछि प्रकाशन गरिएको उक्त कृतिको आज (शुक्रवार) बिर्तामोडमा एक समारोहका बिच लोकार्पण गरिएको हो ।
झापाली साहित्य समाज र सप्तक संगीत बिद्यालय झापाको संयुक्त आयोजनामा भएको ‘याङरुप’ उपन्यासको लोकार्पण साहित्यकार तथा कार्यक्रमका प्रमुख अतिथि कृष्ण धरावासीलगायतले संयुक्त रुपमा गरेका हुन् ।
लोकार्पण समारोहमा आमन्त्रित बिशिष्ट ब्यक्तित्हरुका रुपमा प्रा.डा. टंक न्यौपाने, प्रा.डा. बद्री बिशाल पोखरेल, मधु केरुङ, चन्द्र भण्डारी, तारा विविध, डा. बालचन्द्र सुब्वाको आतिथ्य रहेको थियो ।
स्वागत डा. कुमार सुवेदी र लेखकको परिचय रिता पोखरेलले गराएको लोकार्पण कार्यक्रमको सञ्चालन पुरुषोत्तम ढुङ्गेलले गरेको साहित्यकार तथा अग्रज पत्रकार केशव आचार्यले जानकारी दिए ।
उपन्यास बिमोचन कार्यक्रममा सप्तक संगीत बिद्यालयका बिद्यार्थीहरुले बिभिन्न संगीतमय कार्यक्रमहरुसमेत प्रस्तुत गरेका थिए ।