झापा 

झापाको बिर्तामोड नगर क्षेत्र भित्रका मन्टेश्वरीका  शिक्षकहरुका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम शुरु भएको छ । 

बिर्तामोड–३ स्थित  लिंकन मन्टेश्वरी स्कुलको आयोजनामा आज (शुक्रवार) बाट दुई दिने तालिम शुरु भएको हो । 

मन्टेश्वरी शिक्षिक –शिक्षिकाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले तालिम आयोजना गरिएको लिंकन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए । उनका अनुसार

बिर्तामोड सहित कन्काईका गरी पाँच वटा बिद्यालयका शिक्षिका हरुको सहभागीता रहेको छ । 

तालिमको आज एक कार्यक्रमकाबिच प्रमुख अतिथि न्युटन्स एजुकेशन फाउण्डेशनका प्रिन्सिपल तथा हिसान झापाका सचिव  देबेन्द्र हुँमागाईले उद्घाटन गरेका छन् । 

तालिममा बिर्तामोडको लिंकन मन्टेश्वरी, ब्राइट फ्युचर, शिक्षा शिकोप, निदी र कनकाई नगरको फक्तालुङ बिद्यालयका मन्टेश्वरी शिक्षिकाहरुको सहभागीता रहेको छ । 

तालिममा शिक्षिकाहरुलाई प्रशिक्षक जनक पराजुलीले प्रशिक्षण प्रदान गर्नेछन् ।  मन्टेश्वरी शिक्षण पद्धति तथा बालविकास क्रियाकलाप सम्बन्धी जानकारी गराइने पाटन शिक्षण तालिम केन्द्र ललीतपुर नेपाल सरकार शिक्षा मन्त्रालय सिटीइभिटी रोस्टर, बालविकास तथा आधारभूत तह प्रशिक्षक पराजुलीले जानकारी दिए । 

सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक पराजुली सहित अर्का प्रशिक्षक मिश्रा अधिकारीले सहजीकरण गर्नेछन् । 

लिंकन मन्टेश्वरी बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा मनकामना स्कुलका प्रिन्सिपल केशव ढुङ्गाना, निदि बिद्यालयका प्रिन्सिपल भिष्म प्रसाईलगायतको आतिथ्य रहेको थियो । 

स्वागत बिर्तामोड–३ का वडा सदस्य हरि बास्कोटाले गरेको कार्यक्रमको सञ्चालन लिंकन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले गरेका थिए ।