झापा । 

झापाको अर्जुनधारा वडा नम्बर ३ स्थित कैंदले प्राकृतिक रंगशाला खुदुनाबारीमा आजदेखि शुरु भएको ’चौँथो खुदुनाबारी गोल्डकप २०८१’ को उद्घाटन खेलमा अर्जुनधारा नगरपालिकालाई १–० गोल अन्तरले हराउँदै बिर्तामोड नगरपालिका विजयी भएको छ।

 आज ९सोमवार० अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फूटवल प्रतियोगिता अन्तर्गत बिर्तामोड र अर्जुनधारा विच पहिलो उद्घाटन खेलमा बिर्तामोड बिजयी बनेको हो । भएको छ  । 

चौँथो खुदुनाबारी गोल्डकप २०८१ मा सहभागी हुन बिर्तामोडबाट जाने खेलाडीहरुलाई बिर्तामोड नगरपालिकाले आज बिदाई गरेको थियो । 

संक्षिप्त कार्यक्रमकाबिच खेलाडीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, वरिष्ठ योजना अधिकृत जय तिम्सिना, नगर खेलकूद समिति संयोजक विकास गिरी, सचिब विसन लिम्बुले नगरको तर्फबाट जर्सी प्रदान गरेर शुभकामनासहित विदाई  गरेका थिए । 

अर्जुनधारा नगरपालिका वडा नम्बर १, २ र ३ द्वारा  कैंदले प्राकृतिक रंगशाला खुदुनाबारीमा आयोजित अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फूटवल प्रतियोगितामा आज बिर्तामोड र अर्जुनधारा विच पहिलो खेल  भएको थियो । 

खेलको  उद्घाटन बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई र अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देनलले संयुक्त रुपमा गरेका थिए ।   अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फूटवल प्रतियोगिता अन्तर्गत बिर्तामोड र अर्जुनधारा विच पहिलो खेल शुरु भएको थियो ।