बिर्तामोड : श्री छठ युवा फ्रन्ट बिर्तामोडले बृद्ध बृद्धालाई सम्मान सहित मिष्ठान्न भोजन गराएको छ । हरिबोधिनि एकादशीको अवसर पारेर हिजो मङ्लबार सांझ युवा फ्रन्टले बिर्तामोड ४ स्थित स्नेहा माया घरमा बस्दै आएका बृद्ध बृद्धालाई सम्मान सहित मिष्ठान्न भोजन गराएको हो । 

सामाजिक उत्तरदायित्व अन्तरगत परिवार बिहिन भएर आश्रममा रहंदै आएका बृद्ध बृद्धालाई सानो भए पनि सहयोग गरिएको श्री छठ युवा फ्रन्ट बिर्तामोडका अध्यक्ष अमरजित रौनियारले जानकारी दिए । 

कार्यक्रममा प्रमुख अतिथि छठ समाज सेवा समिति बिर्तामोडका पुर्व अध्यक्ष प्रेमचन्द चौधरी, बिशेष बर्तमान अध्यक्ष रामेश्वर द्धुवेदी , फ्रन्टका अध्यक्ष अमरजित रौनियार लगायतले दोसल्ला ओढाएर , फलफुल तथा मिठाई बितरण गरेका थिए । 

सहयोग हस्तानतरण कार्यक्रममा कार्यक्रम संयोजक उज्वल शाह, सदस्य शंकर शर्मा, पुर्व अध्यक्ष दिपक शाह, बिप्चन शाह, चन्दन सोनार, अभिषेक सार्फ, गणेश दास लगायतको उपस्थिति रहेको थियो ।  

युवा फ्रन्टले यस अघि पनि रक्तदान, सरसफाई, स्वास्थ्य शिविर सहितका बिभिन्न सामाजिक कार्य गर्दै आएको जनाएको छ ।