झापा

भारतबाट नेपालतर्फ प्रवेश गर्न लागेका दुईजना बंगलादेशी मेचिनगरबाट पक्राउ परेका छन् । शंकास्पद गतिविधि गर्ने दुई जनालाई आज दिउँसो २ बजे झापाको मेचीनगर नगरपालिका वडा नं ७ स्थित गैरीगाउँ सीमा इलाकाको सानो सीमा स्तम्भ नं।९०÷३ नजिकबाट प्रक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा 

बंगलादेशीहरु २२ वर्षीय अब्दुल रहमान र २५ वर्षीय रियाद हुसेन रहेका छन् ।  उनीहरुको साथबाट मोबाइल २ थान, बंगलादेशी टाका १५०० र व्यक्तिगत सामानसहित २ वटा झोला बरामद भएको छ ।

बीओपी सतिघट्टाबाट खटिएको पिकेट ड्युटीले भारतबाट नेपालतर्फ शंकास्पद रुपमा प्रबेश गर्दै गरेको अवस्थामा चेकजाँच गर्दा कुनै पनि परिचयपत्र नभएको र आफ्नो स्थायी वतन बंगलादेश बताउने उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे।क्वा। झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक महेशराज विष्टले बताए ।