मेटरसाइकल चोरीको अभियोगमा पक्राउ परेका मनिष गिरीलाई झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ ।
दुई दिनअघि कात्तिक २७ गते झापाको बिर्तामोड–१ स्थित बाल्मीकि स्कुलबाट गिरीले मे ६ प २८६७ नं २२० सीसीको पल्सर मोटरसाइकल चोरी गरेका थिए । उनीलाई कात्तिक २८ गते सांझ महमाई प्रहरी चौकीले सो मोटरसाइकलसहित पक्राउ गरेको थियो ।
बाल्मीकिमा स्नातक पढ्दै गरेका बिर्तामोड ५ का सविन शेर्माले स्कुल अगाडि राखेको सो मोटरसाइकल हराएको थियो ।
चोरी मुद्दामा झापा जिल्ला अदालतबाट ५ दिन म्याद थप भै अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश बिष्टले जानकारी दिए ।