बिर्तामोड

झापाको अर्जुनधारामा अवैध उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ९ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । स्थानीय बिरिङ खोलामा अवैध उत्खनन गरिरहेको अवस्थामा ती ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक वातावरणीय परीक्षण गरेर उत्खननका लागि छुट्याएको क्षेत्रभन्दा बाहिरबाट नदीजन्य सामग्री संकलन गरिरहेको समयमा ती ट्याक्टर नियन्त्रणमा लिएको जनाइएको छ ।

नियन्त्रणमा लिएका चारवटा ट्याक्टरमा नदीजन्य सामग्री लोड भएको तथा पाँचवटा खाली रहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले निषेधित क्षेत्रमा उत्खनन गरिरहेको समयमा मे। १ त ८८६६, मे। १ त ५३२६, मे। १ त ७५२९, मे। १ त ८४२०, मे। १ त ६०८०, मे। १ त २४८३, मे। १ त ७२९४, प्रदेश १–०१–००१ त ९३०० र नम्बर नखुलेको एउटा ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि अर्जुनधारा नगरपालिकामा जिम्मा लगाइएको जनाइएको छ ।