बर्दिवास :
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः सीताराम न्यौपाने निर्वाचित भएका छन् । बर्दिवासमा सम्पन्न दशौं र एघारौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनबाट पुनः तीन बर्ष कार्यकालकालागि न्यौपानेको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रमणी अधिकारी, उपाध्यक्षमा कोशी प्रदेशबाट रोहित बहादुर कार्की, मधेश प्रदेशबाट राम नारायण प्रसाद यादव, बागमती प्रदेशबाट देवराज लुइटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल, लुम्बिनी प्रदेशबाट मिन बहादुर शाही निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा देवराज तामांग चुनिएका छन् भने सचिवमा उम्मेदवारी नपरेकाले पद रिक्त रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको केन्द्रिय सदस्यमा निर्वाचित झापाका कुमार गिरी
साथै सहसचिवमा बुद्धि प्रसाद आचार्य, कोषाध्यक्षमा वेचन ठाकुर वरही र सहकोषाध्यक्षमा विनोद राज श्रेष्ठ निर्विरोध निर्वाचित भए । त्यस्तै सदस्यमा झापाका कुमार गिरी सहित नौ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । झापाको बिर्तामोड निवासी गिरी जय घटाल रोडा उद्योगका सञ्चालक हुन् । उनी झापाका स्थापित व्यवसायी हुन् ।
त्यस्तै गिरी सहित सदस्यमा हुमनाथ पौडेल, तिल प्रसाद पाठक,अनोद कुमार देवकोटा, विकास नारायण श्रेष्ठ, राजकुमार रावल, राजु रेग्मी, शशि कुमार यादव, सन्तोष यादव निर्वाचित भएका छन् ।
पुन निर्वाचित भएसँगै न्यौपानले क्रसर व्यवसायका अधिकांश समस्याहरूका बिषयमा अबगत भएको बताउंदै अगामी तीन वर्ष त्यस्ता समस्याहरू समाधान गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।