असाहय, अपाङ्गता भएका व्यक्तिहरुकालागि आवास निमार्ण गर्ने उदेश्य राखेर सञ्चालन गरिंदै आएको अभियानमा सहयोग जुट्दै गएको छ ।
‘स्वच्छ समाजका लागि सामाजिक अभियान’ मार्फत असाहय, अपाङ्गता , दिनदुःिख तथा गरीब व्यक्तिहरुका लागि आवास निमार्ण गर्ने हेतुले खरिद गरिएको जग्गाकालागि रकम जुट्दै गएको हो ।
अर्जनुधारा – ११ निवासी सामाजिक अभियान्ता गाणेश ढुङ्गानाको पहलमा आवास निमार्ण गर्ने योजनाले सार्थकता पाउँदै गएको हो ।
आवास निमाण गर्ने उदेश्य राखेर ढुङ्गाना बिगत एक दशकदेखि झापाका बिभिन्न चोक बजारमा थोत्रा प्लास्टिक तथा टुटे फुटेका सिसा संकलन गरिरहेका छन् । उनले संकलन गरेको त्यस्ता सामानबाट आएको थोरै रकमले आवास निमार्णकालागि अर्जुनधारा ११ मा २ कठ्ठा ७ धुर जग्गा खरिद गरिएको छ ।
करीब ३० लाख मुल्यमा खरिद गरिएको जग्गाको अझै रकम तिर्न बांकी छ । जग्गा अभियानको नाममा पास भए पनि जग्गा धनीलाई रकम तीर्न बांकी नै छ ।
उनको यो अभियानलाई मन पराएर साथ सहयोग गर्ने अहिले बढ्दै गएका छन् । ढुंगानालाई यतिखेर मनकारी दाताले सहयोग गर्ने क्रम बढेको हो । यहि क्रममा आज शनिबार आवास बनाइने स्थानमै पुगेर तीन जना दाताले नगद प्रदान गरेका छन् ।
बिर्तामोडका उद्योगपत्ती तथा समाजसेवी कृष्ण गिरी, श्रीमती कमला गिरी र उनका छोरा निरोज गिरीले १ लाख ४१ हजार १११ र अर्जुनधारा ११ का बिराज लिम्बुले १ लाख ४१ हजार १११ र बुट्टाबारी निवासी समाजसेवी धनकुमारी कन्दङ्वाले ७० हजार १ सय रुपैंया सहयोग गरेका छन् ।
उक्त रकम उनीहरुले अभियानका संयोजक गणेश ढुङ्गानालाई प्रदान गरेका हुन् ।
आफ्नो अभियान चाँडैै पुरा हुने विश्वास ब्यक्त गर्दै ढुङ्गानाले दातालाई धन्यवाद दिए । साथै उनले जग्गाको बांकी तिर्न रकममा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
कार्यक्रममा दाताहरु गिरी र लिम्बुले ढुङ्गानाको काम देखेर सहयोग गरेको बताए । अभियानको आजिवन सदस्य बिपी कोइरालाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सल्लाहकार जगत राना मगरले गरेका थिए । महासचिव मोहनकुमार योगी सदस्य रोशन कन्दङ्वा तथा आर्थिक सदस्य रमा खवास लगायतले धन्यबाद दिएका थिए ।