झापा । झापाको माईपूर्व तथा इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला पनि सेवाक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय भद्रपुर आर्थिक वर्ष ०८०÷०८१ मा कार्यसम्पादन मूल्यांकनमा देशकै सर्वोत्कृष्ट बन्दै पुरस्कृत भएको छ .
देशभरिका ४५ आन्तरिक राजस्व कार्यालयमध्ये आन्तरिक राजस्व कार्यालय भद्रपुर प्रथम भएकाे हाे । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा शनिबार काठमाडौंमा पुरस्कृत कार्यलयलाई गरेको हो ।
विभागको मूल्यांकनमा आन्तरिक राजस्व कार्यालय भद्रपुर प्रथम काठमाडौंको वानेश्वरस्थित कार्यालय दाेस्रो र इटहरी तेस्रो भएकाे हाे । प्रथम भएकाे भद्रपुर कार्यलयकाे तर्फबाट कार्यालय प्रमुख कृष्णचन्द्र काफलेले सम्मानपत्र ग्रहण गरेका थिए ।
राष्ट्रिय कर दिवस तथा कर सप्ताह उद्घाटन समारोहमा प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मानपत्र प्रदान गरेका थिए ।
आर्थिक वर्ष ०८०÷०८१ मा कर संकलन, करदाता शिक्षा प्रवद्र्धन, करदाता बृद्धिलगायतका कार्यसम्पादन मूल्यांकनमा ए प्लस अअंक प्राप्त गरी आन्तरिक राजस्व कार्यालय पुरस्कृत भएको कार्यालय प्रमुख काफ्लेले जानकारी दिए । २०८० कातिकबाट भद्रपुुर कार्यलय सम्हालेका काफ्ले र उनकाे मातहतकाे टिमले कर संकलन र राजश्व चुहावटमा महत्वपुर्ण याेगदान पुर्याएका कारण बिभागबाट पुरस्कृत बन्न सकेकाे हाे ।