झापाको विर्तामोड १ स्थित विर्तामोड आई हस्पिटलमा दाँतको सेवा सुरु भएको छ ।  बिर्तामोड आई हस्पिटल , नेशनल एडभान्स डेन्टल केयर र एडभान्स प्याथोलोजीको संयुक्त व्यवसायी साझेदारीमा आइतबारदेखि  दाँतको सेवा सुरु गरिएको हो । 

काठमाडौंको लाजिम्पाटमा १८ वर्षदेखि सफलतापूर्वक सञ्चालित एडभान्स डेन्टल केयरले पहिलो ‘फ्रेन्चाइजी’का रुपमा विर्तामोडमा सेवा सुरु गरेको जनाइएको छ । 

डा. समीर अर्याल र डा. ज्योति अर्याल दम्पत्तीले काठमाडौंको क्लिनिकबाट गुणस्तरीय सेवा दिइरहेकाले मोफसलका सेवाग्राहीको सुविधाको लागि झापामा ‘फ्रेन्चाइजी’ सुरु गरिएको बताए ।

pic 2 eye

दाँत उपचारका लागि बजारमा धेरैवटा क्लिनिक सञ्चालनमा रहेको भए तापनि प्राविधिक रुपमा सुविधासम्पन्न पहिलो डेन्टल क्लिनिक नेशनल एडभान्स डेन्टल केयर बिर्तामोड रहेको उनीहरुको भनाई छ । 

प्राकृतिक दाँतको सुरक्षा र संरक्षणलाई प्राथमिकतामा राखेर उपचार दिइने डाक्टर अर्यालले बताइन् ।

उक्त डेन्टलको एक कार्यक्रमकाबिच पूर्व अर्थसचिव, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य, पूर्वराष्ट्रपति डा. रामबरण यादवका आर्थिक सल्लाहकार शम्भु शरणप्रसाद कायस्थले उद्घाटन गरेका थिए ।

क्लिनिकमा डा. अर्याल दम्पती, डा. आरती झालगायत ६ जनाको चिकित्सक–प्राविधिकको टोलीले सेवा प्रदान गर्ने हस्पिटलका नेत्र विशेषज्ञ तथा व्यवस्थापक विनोद दाहालले जानकारी दिए ।  आइतबार पहिलो दिन नै उल्लेख्य संख्यामा दाँतको परीक्षण तथा उपचार गरिएको पनि दाहालले बताए ।

डाक्टर सीमा प्रधानले  आँखा उपचारका लागि आउने बिरामीको माग र आवश्यकतालाई ध्यानमा राखेर दन्त चिकित्सा सेवा सुरु गरिएको र आगामी दिनमा कानको उपचार सेवा पनि उपलब्ध गराउने लक्ष्य राखिएको बताउँछिन् ।