झापा : झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीबाट प्रहरीले ठूलो परिमाणमा अवैध रक्सी बरामद गरेको छ ।
आइतबार राति मेचीनगर नगरपालिका–१० धुलाबारी चोकबाट इलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलेर लुकाई छिपाई नेपालतर्फ ल्याउँदै गरेको ३३७ पिस वल्ड मर्क बरामद गरेको हो ।
प्रतिबोतल २५४ रुपैयाँका दरले करिब १ लाख ३६ हजार ९५६ बराबरको रक्सी नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।