सन्तोष न्यौपाने÷झापा 

आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले आफ्नो सेवा क्षेत्रभित्रका  सर्वोत्कृष्ट करदाता लाई सम्मान गर्दै यस वर्षको कर सप्ताह समापन गरेको छ ।

आज कार्यालय परिसरमा आयोजित राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम २०८१ समापन समारोहका बीच कार्यालयले आर्थिक वर्ष २०७९÷०८० मा सबैभन्दा बढी कर दाखिला गर्ने चारजना करदातालाई सम्मान गरेको हो ।

कार्यालयको सेवा क्षेत्र माईपूर्व झापाका एक, इलामका एक, पाँचथरका एक र ताप्लेजुङका एक प्रतिष्ठानलाई सम्मान गरिएको समारोहका अध्यक्ष प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए ।

kar sapta pic

समारोहमा झापाको बिर्तामोड ३ मा रहेको मेची दृष्टि आई हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि, इलामको फिक्कल उत्तम स्टोर, पाँचथरको केरुङ एण्ड एसोसिएट्स रजिष्टर्ड अडिर्टस र  ताप्लेजुङको अनिमेष इन्टरप्राइजेजलाई सम्मान गरियो ।

मेची दृष्टि आईका तर्फबाट अध्यक्ष राम उप्रेती, फिक्कल स्टोर्सका सञ्चालक उत्तम क्षेष्ठ, पाँचथरको केरुङ एण्ड एसोसिएट्सको तर्फबाट नरेन्द्रकुमार केरुङ र ताप्लेजुङको अनिमेष इन्टरपाइजेजलाई समारोहका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । फिक्कल स्टोरले यो १० औं  पटक सम्मानपत्र प्राप्त गरेको सञ्चालक उत्तम श्रेष्ठले बताए ।

pic kar sap

यसैगरी, उत्कृष्ट कर्मचारीका रुपमा विगत ३३ वर्षदेखि कार्यरत सुमन सिंह तामाङलाई पुरस्कृत गरिएको छ । उनलाई कार्यालय प्रमुख काफ्लेसहित प्रमुख अतिथि बाँस्तोलाले दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरेका थिए ।

समारोहमा प्रमुख आतिथि बाँस्तोला, चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण बिमली, चार्टड एकाउन्टेन्ट एशोसिएशन झापा अध्यक्ष सुशीलकुमार अग्रवालसहित सम्मानित करदाताको तर्फबाट राम उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए ।

समापन समारोहको सञ्चालन कार्यालयकी नासु सीतादेवी खतिवडाले गरेकी थिइन् भने स्वागत कर अधिकृत ज्ञानेन्द्रबहादुर राईले गरेका थिए । 

pic hakim

कायएक्रममा मेची भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुंडाल, शसस्त्र प्रहरी बलका एसपी कबिन्द्र राई, अनुसन्धानका एसपी कुलचन्द्र नेपाल, नेपाल उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता खरेल बिमली लगायत बिभिन्न संघ संस्थाको बाक्लो उपस्थिति रहेको थियो । 

झापामा मंसिर १ गते प्रभातफेरी संगै सुरु भएको कर दिवसमा  करदाता शिक्षा तथा अन्तरक्रिया सहित बिभिन्न सचेतना कार्यक्रम गरिएको थियो ।