झापाको दक्षिणी विभिन्न नाकाबाट अवैध रूपमा भारतबाट लत्ताकपडाको तस्करी हुने गरेको पाइएको छ ।

सशस्त्र प्रहरीले ठूलो परिणामको लत्ताकपडा बरामद गरेपछि तस्करी निरन्तर भइरहेको पुष्टि भएको हो ।

सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर अबैध रुपमा ल्याउंदै  गरेको १२ लाखभन्दा बढी मूल्य बराबरको सामान कचनकवलबाट बरामद गरेसंगै तस्करी भइरहेको खुल्न आएको हो ।

आज बिहान  कचनकवल ६ बस्ने ४० वर्षीय नजाम खातुनको घरमा भारतबाट भन्सार छलेर अबैध रुपमा राखिएको  अन्दाजी १२ लाख २० हजार ६०० मूल्य बराबरको ६ पोका लत्ताकपडा बरामद गरिएको

सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे.क्वा. झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मदनकुमार रसाईलीले जानकारी दिए ।

बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म घेराबारीबाट खटिएको टोलीले खातुनको घरमा छापा मारेको थियो ।