काठमाडौं : झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्था प्रिमियम कोर बैकिङ सफ्टवेयर ९प्रिमियम सिविएस० मा आवद्ध भएको छ ।
संस्थाले पुरानो सफ्टवेयरलाई परिवर्तन गरी प्रिमियम सिविएसमा आवद्ध भएको हो । प्रिमियम कोर बैकिङ सफ्टवेयर आईएसओ ९००१स्२०१५ प्रमाणित सहकारी सफ्टवेयर हो । वेब बेस्ड प्रविधियुक्त कोर बैकिङ सिस्टम पछिल्लो समय सहकारीमा लोकप्रिय बन्दै गएको छ ।
अन्तर्राष्ट्रिय मान्यताप्राप्त यस सफ्टवेयर प्रिमियम टेक्नोलोजी प्रा।लि।ले निमार्ण गरेको हो । हाल देशभरका करिब ४ सय सहकारी संघरसंस्थाले प्रयोग गर्दै आएको छ ।
कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन नयाँ खाता खोल्ने र सदस्य पहिचान फारम अपडेट गर्न सकिने, ट्याबलेट बैंकिङ, लोन अटोमेशन र अन्य धेरै सेवा सुबिधाहरु प्रदान गर्दै आएको छ ।
कम्पनीले सफ्टवेरमा दिएको फिचर, सेक्युरिटी लगायतले प्रिमियम सबैको रोजाईमा पर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन वनले बताए । प्रिमियम सफ्टवेयर प्रयोग गर्न चाहने सहकारी संस्थाले पुरानो सम्पूर्ण डाटा जस्ताको तस्तै सार्न सकिने उनले बताए ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हाल ४७ सेवा केन्द्रमार्फत ६५ हजार सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ। संस्थाको कुल वासलात ३ अर्ब १९ करोड रहेको छ।