झापा 

झापाको शिवसताक्षी स्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा गोरक्षा महोत्सव तथा महायज्ञ २०८१ हुने भएको छ ।

लामो समयदेखि गौ संरक्षणका लागि काम गर्दै आएको श्री शताक्षी गोवद्र्धन गौशाला र सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको संयुक्त आयोजनामा यहि मंसिर १४ गतेदेखि २४ गतेसम्म गोरक्षा महोत्सव तथा महायज्ञ आयोजना गरिएको आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

महोत्सवमा सोही महायज्ञ अन्तरगत पञ्चकुण्डिय श्रीरुद्र महायज्ञ, श्रीतुलसी शालिग्राम, श्री सीताराम विवाह तथा लिंग महापुराण कथा प्रवचन, ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिंगमा विशेष अर्चना गरिने गौशलाका संरक्षक तथा अध्यक्ष आचार्य नन्दकिशोर भारद्धाजको भनाई छ । 

सवा करोड रुद्धाक्षको माला निर्माण गरी रुद्राक्षको शिवलिङ्ग निर्माण गरिदै छ । महोत्सवको लागि पूर्व पश्चिम लोकमार्गमा गेट निर्माणको काम भइसकेको  श्री शताक्षी गोवद्र्धन गौशालाले जनाएको छ । आयोजकका महोत्सवमा अनुसार करिब ४०० का हाराहारीमा अन्तर्राष्ट्रिय विद्वत् वर्ग  सहभागी सहभागी हुनेछन् ।

गौशलाको बार्षिकोत्सवका अवसर पारेर १२ दिने महायज्ञसहित बिभिन्न कार्यक्रमको आयोजना गरिएको गौशलाका संरक्षक तथा अध्यक्ष भारद्धाजले जानकारी दिए ।  

उनका अनुसार मंसीर १४ गते अखण्ड हरिनाम संकीर्तन प्रारम्भ, १५ गते  बालचतुर्दशी उत्सव सतबिउ रोपण, १६ गते बिद्धत सम्मेलन तथा भण्डारा, १७ गते अनुष्ठान प्रारम्भ, पञ्चकुन्डिय श्री रुद्र महायज्ञ तथा ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिंगमा बिशेष अर्चना, रुद्री पाठ तथा श्रीलिंग महापुराण प्रारम्भ हुनेछन ।

यसैगरी मंसीर १८ गतेदेखि नियमित पञ्चक्ण्डीय महायज्ञ तथा रुद्री पाठ एवं श्री लिंग महापुराण प्रवचन, २० गते झापाका सामुदायिक बिद्यालयका छात्रहरुबाट गोरक्षाको आवश्यकतामाथि प्रतिस्पर्धात्मक बिचार गोष्ठी, २१ गते विवाह पञ्चमी, श्री सिताराम, तुलसी शालिग्राम विवाह महोत्सव, २२ गते कनकाई मातामा दुग्धाभिषेक, २३ गते नेपाल प्रहरी तथा उत्कृष्ट गौसेवक सम्मान र २४ गते गोरक्षा महोत्सवसहित धार्मिक कार्यक्र सम्पन्न हुनेछ ।  

लिंग महापराण कथा प्रवचक विद्धत्वरेण्य आचार्य पं लक्ष्मीप्रसाद खतिवडा पाठपारायण आचार्य पं। मदनमोहन अधिकारी रहने बताइएको छ ।  

हाल गौशालामा ६६२ वटा गाईबाछा छन भने बाहिर २१६० रहेका छन् ।  गौशालाका लागि १५ जना कर्मचारी र गाईबाछाको आहाराका लागि मासिक ५ देखि ६ लाख खर्च हुने गरेको जनाइएको छ ।   

गौशालाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक बेदप्रकाश अग्रवालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव मदनमोहन अधिकारीले गरेका थिए ।