झापा

झापाको शिवसताक्षी स्थित धार्मिक एवं पर्यटकीय क्षेत्र सताक्षीधाममा नेपाली सेनाले आज सोमबार बृहत सरसफाई गरेको छ । यहि मंसिर १४ गतेदेखि २४ गतेसम्म हुने गोरक्षा महोत्सव तथा महायज्ञको पूर्वसन्ध्यामा २१ नं बाहिनी अड्डा र अरिदमन गण चारआली ब्यारेका  सेनाले धाम परिसर सहित धाम जाने बाटो सरसफाई गरेको अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिए । 

पञ्चकुण्डीय श्रीरुद्र महायज्ञ, श्रीतुलसी शालिग्राम, श्री सीताराम विवाह तथा लिङ्ग महापुराण कथा प्रवचन, ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिङ्गमा विशेष अर्चना गरिने आयोजक संस्थाले जनाएको छ ।

सेनाले सामाजिक उत्तरदायित्व अन्तरगत सदैब यस्ता किसिमका बिभिन्न कार्यहरु गर्दै आएको प्रमुख सेनानी बस्न्यातले बताए ।