बिर्तामोड : प्रेसिडेंशियल ग्रेजुएट स्कूल काठमाण्डौंको आयोजनामा झापाको बिर्तामोडमा आयोजना भएको दुई दिने तालिमको समापन भएको छ । 

अजि एजुकेशन बिर्तामोडको सह आयोजनामा आइतबारबाट शिक्षकहरुको क्षमता अभिबृद्धिकालागि सुरु भएको तालिमको सोमबार समापन भएको हो । 

मानिसका अति प्रभावकारी सात बानीका बिषयमा झापाका नीजि तथा सामुदायिक विद्यालयका शिक्षक तथा इन्चार्जहरुलाई तालिम प्रदान गरिएको हो । 

शिक्षकहरुको क्षमता अभिबृद्धि तथा बृद्धि बिकासलागि दुई दिने तालिमको आयोजना गरिएको प्रेसिडेंशियल ग्रेजुएट स्कुलका बिजनेस डेभलपमेन्ट हेड शुसान्त खत्रीले जानकारी दिए । 

तालिमले शिक्षकहरुको अध्ययापन क्षमतामा निखार पन ल्याउने र उर्जा प्राप्त हुने हिसान झापा उपाध्यक्ष उत्तम खनालको भनाई छ । 

तालिममा सहभागिलाई कार्यक्रमका प्रमुख अतिथि हिसान झापा उपाध्यक्ष उत्तम खनाल, सचिव देबेन्द्र हुमागांइ, सदस्य रंजित शाह, आलोक कार्की, एमएटि एजुकेशनका प्रिन्सिपल आरएस ढकाल , प्रशिक्षक प्रधान लगायतले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन अजि एजुकेशनका सिइओ प्रनिल चौहानले गरेका थिए ।