बिर्तामोड ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को ३२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । आज बार्षिक साधारणसभाको माइन्यूट प्रमाणीकरण सभाको अवसर पारेर बिभिन्न बिधामा ३८ जना कर्मचारीलाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरको प्रमुख आतिथ्य रहेको थियो । सम्मानीत उत्कृष्ट कर्मचारीहरुलाई प्रमुख अतिथि मगरले सम्मान गरेका थिए ।
स्वागत संस्थाकी बरिष्ठ उपाध्यक्ष भगवती घिमिरेले गरेको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, जिल्ला समन्वय समिति झापाकी उप–प्रमुख शान्ति रोक्काले शुभकामना मन्तव्य राखेका थिए ।
![](/uploads/advertise/world-link-advt-new-2080-fagun_1732967492.jpeg)
![](/uploads/advertise/mechieyeear (2)_1736908732.jpg)
लेखा सुपरिवेक्षण समितिकी संयोजक रचना दाहालले लेखा प्रतिवेदन प्रस्तुत गरेको कार्यत्र,मको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।
आर्थिक बर्ष २०८०÷०८१ सम्ममा एक अर्व ४७ करोड ३६ लाख शेयर पुँजी रहेको संस्थामा एक लाख ८३ हजार शेयर सदस्य रहेको संस्थाका अध्यक्ष शिवाकोटीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
![](/uploads/advertise/ptbirtacity_1731562392.jpeg)