आज आइतबार झापा सहित देशैभर विश्वभर ३७ औं विश्व एड्स दिवस मनाइएको छ । ‘एड्स अन्त्यका लागि सबैको सुनिश्चितता गरौँ’ भन्ने नाराका साथ आज अर्जुनधारामा पनि विविध कार्यक्रम गर्दै पूर्वसन्ध्यामा बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्वलन गरिएको छ ।
स्वास्थ्य कार्यालय झापा, अर्जुनधारा नगरपालिका, AHF Nepal, AMDA नेपाल, लुवकुश आश्रम, र रिचमोन्ड फेलोशिपको सहकार्यमा आज एड्स दिवस मनाइएको AHF Nepal का ए आरटि अफिसर निकेश आचार्यले जानकारी दिए ।
स्वास्थ्य कार्यालय झापा, एएचएफ नेपाल, आम्दा नेपालले संयुक्त रुपमा आयोजना गरेका ¥यालीले शनिश्चरे बजार क्षेत्र परिक्रमा गरेको थियो । र्यालीमा ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं, नियमित एचआइभी जाँच गरि सुरक्षित रहौं, अरुलाई पनि सुरक्षित राखौं’ लेखिएका प्ले कार्डसहित शनिश्चरे माविका स्काउट दलका विद्यार्थी, प्रादेशिक अस्पताल भद्रपुर लवकुश आश्रम, आर एफएमका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
सोही अवसरमा खुल्ला हाजिरीजवाफ प्रतियोगिता गरिएको छ । एड्ससँग सम्बन्धित प्रश्नहरु राखिएको प्रतियोगितामा विजेताहरुलाई पुरस्कार प्रदान गरियो ।
यो अभियानले स्थानीयस्तरमा HIV/AIDS प्रतिको गलत धारणा हटाउन तथा संक्रमित व्यक्तिहरूप्रति सकारात्मक दृष्टिकोण विकास गर्न ठूलो योगदान पुर्याउने आर्चाय बताउंछन् । ART Center maa 488 झापाको भद्रपुर संक्रमितहरुले नियमित औषधि सेवन गरिरहेका छन्
एएचएफ नेपालले विपन्न परिवारका संक्रमितहरुलाई यातायाता, औषधि उपचार, रगत परीक्क्षण र पोषणयुक्त खानपानमा समेत सहयोग गर्दै आएको जानकारी आचार्यले दिए । एड्सबाट ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।