बिर्तामोड : जग्गा तथा आवास विकास संघ झापाको नयां नेतृत्व चयन भएको छ । बुधबार बिर्तामोडमा सम्पन्न तेस्रो अधिवेशनले नयां नेतृत्व चयन गरेको हो । यस अघिको प्रपर्टी डिलर्स एसोसिएशन अफ नेपालको अबिधेशनले नाम परवर्तन गरि जग्गा तथा आवास विकास संघ राख्ने निर्णय गरेको हो ।
अधिवेशनले महेन्द्र थापाको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा डेसर किरण राई, प्रथम उपाध्यक्षमा मानबहादुर लिम्बु, उपाध्यक्षमा टहलदास ओली, महासचिवमा लालबहादुर समाल, सचिवमा लक्ष्मी बराल, कोषाध्यक्षमा चन्द्र अधिकारी चयन भएका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा नबिन अग्रवाल, छत्र भेटवाल, लिलाराज चौंलागांई, प्रकाश उप्रेती, प्रेमबहादुर थापा, बासुदेव उप्रेती, मनोज प्रसाई, रमेश कट्टेल, दिपक गिरी, नारायण घिमिरे, बिसाल निरौला, डिल्ली शिवाकोटी, रेवन्त कार्की चयन भएका छन् ।
अधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्दै प्रपर्टी डिलर्सका अध्यक्ष राजकुमार मेवाहाङ राईले देशभर छरिएर रहेका घर जग्गा व्यवसायीहरुको एउटै उदेश्य रहेकाले सवैले साझा नाम राख्ने प्रस्ताब पेश गरेका थिए ।
देशभरका घर जग्गा ब्यवसायीलाई संगठित गर्दै एउटै उदेश्य भएको नेपाल जग्गा तथा आवास विकास महासंघ निर्माण भएकोले महासंघको निर्देशन अनुसार जिल्लामा रहेका संघहरुको नाम परिवर्तन गरिएको जानकारी दिए ।
प्रपर्टी डिलर्सका अध्यक्ष मेवाहाङ राईको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल जग्गा तथा आवास बिकास महासंघका अध्यक्ष भेषराज लोहनीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत उपाध्यक्ष रोशन बोहोराले गरेको कार्यक्रममा प्रमुख अतिथि लोहनी, नेपाल जग्गा तथा आवास बिकास महासंघका उपाध्यक्ष धनश्याम पोखरेल, महासचिव ध्रुव घिमिरे, सचिव रामसुन्टर बके, महासंघ सुनसरीका अध्यक्ष नेत्र चम्लागाईलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन प्रपर्टी डिलर्सका महासचिव डेसर किरण राईले गरेका थिए ।