झापा 

जग्गा तथा आवास विकास संघ झापाका नयां निर्वाचित पदाधिकारी तथा सदस्यले कार्यभार सम्हालेका छन् । आज बिहिबारबाट उनीहरुले आफ्नो जिम्मेवारी सम्हालेका हुन् । उनीहरुलाई निर्वाचन अधिकृत पर्वत कार्कीले विजयी भएको प्रमाणपत्र वितरण गरेका छन् । 

पदाभार ग्रहण गरेसंगै बिभिन्न बिषयमा केन्द्रित रहेर महत्वपूर्ण छलफल सहित राय सुझाब संकलन गरिएको नव निर्वाचित अध्यक्ष महेन्द्र थापाले जानकारी दिए । 

हिजो बुधबार सम्पन्न तेस्रो अधिवेशनले थापाको अध्यक्षतामा नयां नेतृत्व चयन गरेको हो ।  समितको हिजो सम्पन्न अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा डेसर किरण राई, प्रथम उपाध्यक्षमा मानबहादुर लिम्बु, उपाध्यक्षमा टहलदास ओली, महासचिवमा लालबहादुर समाल, सचिवमा लक्ष्मी बराल, कोषाध्यक्षमा चन्द्र अधिकारी चयन भएका छन् ।   

त्यस्तै समितिको सदस्यहरुमा नबिनकुमार अग्रवाल, छत्र भेटवाल, लिलाराज चौंलागांई, प्रकाश उप्रेती, प्रेमबहादुर थापा, बासुदेव उप्रेती, मनोज प्रसाई, रमेश कट्टेल, दिपक गिरी, नारायण घिमिरे, बिशाल निरौला, डिल्ली शिवाकोटी, रेवन्तबहादुर कार्की चयन भएका छन् । उनीहरु सबैलाई निर्वाचन अधिकृत कार्कीले प्रमाणपत्र वितरण गरेका हुन् ।