काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति आपत्ति जनाएको छ । साथै रास्वपाले लामिछानेलाई बुधवार मध्यराति चितवनबाट पोखरा पु¥याएको विषयमा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मी तथा मानव अधिकारवादी सङ्घ–संस्थाहरूको पनि ध्यानाकर्षण गराएको छ ।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज निकालेको विज्ञप्तिमा सरकारको कदम राज्य संयन्त्रको दुरुपयोग रहेको उल्लेख छ । लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले सहमतिमै लामिछानेलाई पोखरा लगिएको जनाएको छ । चितवनको सहारा सहकारीको रकम अपचलनसम्बन्धी बयान सकिएपछि लामिछानेलाई रातमा पोखरा लगिएको थियो ।
सहकारी प्रकरणमा अनुसन्धानका लागि गएको कात्तिक २ गते पक्राउ परेका लामिछाने थुनामा रहेका छन् । यसबीचमा उनलाई पोखरा, बुटवल, काठमाण्डौ र चितवन पु¥याइसकिएको छ ।
लामिछाने पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाण्डौको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा मुछिएका छन् । ujyaloonline.com