काठमाडौ । 

नेपाल राष्ट्र बैंकको निर्देशनपछि राष्ट्रिय सहकारी बैंकले संचालक महेन्द्र गिरीलाई अध्यक्षमा चयन गरेको छ । अध्यक्ष केवी (कृष्ण बहादुर) उप्रेती सहकारी ठगी आरोपमा गिरफ्तार भएपछि राष्ट्र बैंकले संचालकमध्येबाट अध्यक्ष चयन गर्न निर्देशन दिएको हो । विहिबार संचालक शिवा थापाको अध्यक्षतामा संचालक समितिको बैठकले सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । अध्यक्ष गिरीको कार्यकाल दुई बर्षको रहनेछ । गिरी झापाको सहारा नेपाल सहकारी संस्थाको प्रतिनिधित्व गर्दै बैंकको संचालक बनेका हुन् ।

अध्यक्ष उप्रेतीको अनुपस्थितिमा बैंकले संचालकलाई पालैपालो अध्यक्षता गराएर संचालक समितिलेको बैठक राख्ने गरेको थियो । तर, गत साता नेपाल राष्ट बैंकले संचालकबाट नयाँ अध्यक्ष छनोट गर्न निर्देशन दिएको हो ।