जन्मोत्सवको अवसर पारेर बिर्तामोडका युवा व्यवसायी नारायण प्रसाद चिमरियाले बिर्तामोड उद्योग वाणिज्य संघलाई २१ हजार रुपैंया सहयोग गरेका छन् ।
आज पर्न गएको जन्मदिनमा चिमरियाले संघले स्थापना गरेको व्यवसायी राहत कोष वृद्धिका लागि सहयोग गरेका हुन् । उनले संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम सहयोग गरेका हुन् ।
चिमरिया संघको पुर्व वाणिज्य उपाध्यक्ष तथा च्याङथापु स्टोरका सञ्चालक हुन् । उनी नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय महासचिव समेत हुन् । अन्य धेरै बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध चिमरियाले सामाजिक उत्तरदायित्व वहन गर्दै संघले स्थापना गरेको राहत कोषमा थोरै भए पनि सहयोग गरेको बताए ।
संघको कार्यालयमा संक्षिप्त कार्यक्रममा चिमरियाको सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दै जन्मोत्सव मनाईएको थियो ।
संघका अध्यक्ष न्यौपानेले चिमरियाले संघले स्थापना गरेको कोषमा रकम वृद्धिका लागि सहयोग पु¥याएसँगै कदरपत्र प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।