भद्रपुर : झापाको भद्रपुर ९ स्थित पारिजात चोकमा कार्यालय रहेको नब प्रभात बचत तथा ऋण सहकारी सस्थाको १३ औ साधारण सभा सम्पन्न भएको छ ।
भद्रपुर ९ का वडाध्यक्ष राम दाहालको प्रमुख आतिथ्यता तथा संस्थाको अध्यक्ष भवानी प्रसाद सापकोटाको अध्यक्षतामा भद्रपुर ९ स्थित प्रणामी मन्दिरमा साधारणसभा सम्पन्न भएको हो ।

उपाध्यक्ष दाताराम तिम्सीनाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाको सचिव दिपेन्द्र कटुवालले गरेका थिए । कार्यक्रममा प्रकाश एकता सहकारी संस्थाका अध्यक्ष गोपाल श्रेष्ठ, बालसुवोधनी विद्यालयका प्रधानध्यापक विश्व थापा, कृष्ण प्रा.वि. प्र.अ सिताराम थापा, पुहांतु मावि प्र.अ कौशीला पौडेल लगायतले शुभकामना मनतब्य राखेका थिए ।

_1736908732.jpg)
संस्थाका सल्लाहकार संयोजक अनिल ढुङ्गानका अनुसार २०६८ सालमा स्थापना भएको संस्थामा हाल ६९२ महिला ८४० पुरुष गरी कुल १५३२ शेयर सदस्य रहेका छन् । कार्यक्रममा शेयर सदस्य मध्येका छोरा छोरी मध्ये उत्कृष्ट जेहेन्दार विद्यार्थी ७ जनालाई नगद २ हजार सहित सम्मान गरिएको थियो । संसथाले आर्थिक बर्ष ०८१÷ ८२ मा १६ लाख ९५ हजार आम्दानी , सम्पत्ती तथा दायित्व बृद्धि गर्दै ४ करोड ७६ लाख ७५ हजार ५ सय पु¥याउने लक्ष्य लिएको व्यस्थापक खगेन्द्र ढुङ्गानाले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा उत्कृष्ट बचतकर्ता सिता राजवंशी र अमरबहादुर सिग्देल , असल ऋणि बिपिन भट्टराई, सुर्यबहादुर अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि तथा अध्यक्ष सापकोटाले दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरेका थिए ।