स्वच्छ समाजका लागि सामाजिक अभियानलाई दुई जना सामाजिक ब्यक्तित्वले आर्थिक सहयोग गरेका छन् । समाजले अर्जुनधारा ११ मा आश्रम निमार्ण गर्ने उदेश्यले खरिद गरेको जग्गाकालागि अर्जुनधारा स्थित लोकनाथ पौडेल र हेमकला भट्टराईले ७० हजार रुपैंया सहयोग गरेका छन् । उनीहरुले आज पर्न गएको आफ्नो ८४ औं जन्मोत्सवको अवसरमा सहयोग गरेका हुन् ।
त्यस्तै बिराटनगर १२ स्थित प्रागिक मार्गका बाबुराम श्रेष्ठले ७० हजार सहयोग गरेका हुन् । अभियानले असाय दृष्टिबिहिन, अपाङ्ग, दिन दुःखीहरुलाई बस्ने आवास निर्माणका लागि बाटाका टुटेफुटेका सिसा, प्लास्टिक आदि संकलन गरि बिक्री गरि आएको रकमले अर्जुनधारा ११ प्रगतिटोल देवनिया बस्तिमा २ कट्ठा ७ धुर जमिन खरिद गरेको छ ।
जग्गा गखरिद गरेपनि अहिले पनि केहि रकम भुक्तानी गर्न बाँकी रहेको अभियानका अध्यक्ष तथा सामाजिक अभियन्ता गणेश ढुङ्गानाले बताएका छन् ।
यसै क्रममा एक ब्यक्ती एक धुर सहयोग गर्ने अभियान अन्तर्गत उनीहरुले सहयोग गरेको भन्दै उनले खुसी ब्यक्त गरेका छन् ।
आवास बनाउने पुन्य कार्यमा सहयोग गरेको भन्दै पौडेल दम्पत्ती तथा श्रेष्ठलाई अभियानका अध्यक्ष गणेश ढुङ्गाना तथा सदस्य बिपि कोइरालाले खदा ओडाइ सम्मान व्यक्त गरेका थिए ।
सडक किनारामा गाएर आफ्नो जिबिका चलाउने दृष्टिबिहिन जस्ता असायका लागि निर्माण हुन लागेको आवास एवम् जमिनका लागि सहयोग गर्न पाउँदा खुसी लागेको उनीहरुले प्रतिक्रिया दिएका छन् । करीब अझै ६ लाख रुपैंया जग्गा धनीलाई तिर्न बाँकी रहेको अभियानका अध्यक्ष ढुङ्गानाले बताए ।