झापा : झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सदस्य बिस्तारीत भेला, सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिएको छ ।
संस्थाले सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सेवा केन्द्र स्तरमा जारी राखेको हो । संस्थाले बुधबारे, इलामको नेपालटार, शनिश्चरे, धुलाबारी, चारआली, राजगढ, गौरादह, गौरीगंज, भद्रपुर, खुदनबारी, पुरानो आम्दा दमक, मोरङको पथरी, बिराटचोक, इलामको दानाबारी स्थित सितली, गरामनी, शिवगंज, पाडाजुंगी, रतुवामाई नगरपालिका मोरङ स्थित दाम्राभिट्टा, बिर्तामोड, मोरङको मधुमल्ला लगायतका सेवा केन्द्रमा सिम्रिक साकोसले सदस्य बिस्तार भेलासंगै सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले जानकारी दिए ।
कार्यक्रममा संस्थाले हालसम्म गरेको कामहरु, संस्थाको वित्तीय अवस्था, सदस्यहरु बीच जारी गरेको विभिन्न योजना, आगामी कार्ययोजना, संस्थामा सदस्यहरुको भूमिका, संस्थाले सदस्यलाई प्रदान गर्दै आएको सेवाहरुका बारेमा जानकारी गराउने गरिएको कार्यकारी प्रमुख बस्नेतको भनाई छ ।
सिम्रिक साकोसका सदस्य र सदस्यको परिवारले जन्मदेखि मृत्युसम्मको सेवा प्राप्त गर्दै आएको अध्यक्ष सुवास भट्टराई बताउंछन् ।
संस्थामा आवद्ध सदस्यलाई समृद्ध बनाउने योजनाका साथ संस्था अघि बढेको अध्यक्ष भट्टराई बताए । सदस्यहरुको सुख दुःखमा सिम्रिकले काम गर्दै आएको र सदस्य बीचको सम्बन्ध प्रगाढ तथा पारदर्शी बनाउन संस्थाले सदस्य शिक्षा तथा बिस्तारीत भेला अभियानलाई प्राथमिकता दिंदै आएको कार्यकारी प्रमुख बस्नेत बताए ।
सिम्रिक साकोसका सदस्यले दाहसंस्कार खर्च, विभिन्न अस्पतालहरुमा विशेष छुट, गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढ्नकालागि आर्थिक सहयोग संगै अन्य बिभिन्न विशेष छुट तथा सुविधा पाउने संस्थाले जनाएको छ ।
सेवा केन्द्रमा गरिएका बिभिन्न कार्यक्रममा सदस्यहरुबाट आएको सुझावलाई सम्बोधन गर्दै संस्था अघि बढ्ने कार्यकारी प्रमुख बस्नेतको भनाई छ ।
सहकारीको मर्मअनुसार संस्थाले समान रूपले काम गर्ने बताउँदै कार्यकारी प्रमुख बस्नेत सहकारी संस्था स्थापनाको उद्देश्यबारे जानकारी लिनु सदस्यले जरुरी रहेको बताए ।
उनले सहकारी सामाजिक उत्तरदायित्व वहन गरि सदस्यहरूको आर्थिक स्थिति माथि उठाउन सदैब लागि पर्दै आएको बताए ।