झापा : अरिदमन गण चारआली व्यारेकमा विद्यार्थीहरुका लागि संचालित खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ । विभिन्न विधामा संचालित प्रतियोगिताको समग्रमा ईष्ट होराईजन स्कुल प्रथम भएको छ ।
अध्ययनसँगै अतिरिक्त क्रियाकलापका अब्बल रहेको धुलाबारीको इस्ट होराइजन अंग्रजी मावि नेपाली सेनाको इम्प्यानल प्रतियोगिताको अधिकांश कार्यक्रममा प्रथम भएको हो ।
नेपाली सेनाको चारआलीस्थित अरिदमन गणले आयोजना गरेको इम्प्यानल विद्यालय खेलकुद प्रतियोगिता २०८१ मा इस्ट होराइजनले उत्कृष्ट नतिजासहित प्रथम स्थान हाँसिल गरेको जनाइएको छ ।
फुटबल खेलमा टावर टेम्पल स्कुल र छात्र तथा छात्रा भलिवलमा स्वस्तिका शिशु सदन प्रथम भएको थियो ।
विजेता स्कुललाई ट्रफी तथा प्रमाणपत्र र उत्कृष्ट बिद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले बताए ।
खेल संयोजक सेनानी नरेन्द्रप्रसाद खतिवडाका अनुसार ३०३ औँ पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा झापाका पाँचवटा विद्यालयको सहभागिता रहेको थियो ।