झापा
नाबालिकालाई पटक पटक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई थप सात दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको छ ।
पाँच दिनको म्याद सकिएर आज थप म्यादका लागि शिवाकोटीलाई प्रहरीले जिल्ला अदालत लगेको थियो । प्रहरीले अनुसन्धान नसकिएको बताउँदै थप म्याद मागेपछि आज सात दिनको म्याद थप गरिएको जिल्ला अदालतका स्रेस्तेदार किरण सिंहले बताए ।
यसअघि अदालतले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न पहिलो पटक चार र त्यसपछि पाँच गरी ९ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई पटक पटक जबरजस्ती करणी गरेको आरोपमा शिवाकोटीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले गत मंसिर २५ गते पक्राउ गरेको हो ।