चारआली ।
झापाको मेचीनगर १४ स्थित प्रणामी नगरमा रहेको श्री कृष्ण प्राथमिक बिद्यालयका बिद्यार्थीलाई जाडोको न्यानो कपडा (स्वेटर) बितरण गरिएको छ ।
आज एक कार्यक्रमकाबिच मेचीनगर–१३ मा रहेको मित्तल एग्रो प्रालिले ८५ जना बालबालिकालाई जाडोको न्यानो कपडा स्वेटर बितरण गरेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनिल ढुङ्गानाले जानकारी दिए ।
समितिका अध्यक्ष ढुङ्गानाको पहल र समन्वयमा मित्तल एग्रोका सञ्चालकद्धय मोहनकुमार मित्तल र दिपेन्द्रकुमार अग्रवालले विद्यार्थीलाई लुगा प्रदान गरेका हुन् ।
मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मित्तल र अग्रवालसहित मित्तिलकी दिदी बिमलादेबी गोयल, छोरा नियल मित्तलले बालबालिकालाई स्वेटर र मिठाई बितरण गरे ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ढुङ्गानाले स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सहयोगी दाता मित्तलले शुभकामना राखेका थिए ।
उक्त बिद्यालयमा गरिव तथा बिपन्न परिवारका बालबालिका अध्ययनरत रहेका छन् । कक्षा नर्सरीदेखि ५ मा १०५ जना बिद्यार्थी छन् । जस मध्ये अहिले ८५ जनालाई स्वेटर वितरण गरिएको विद्यालयका प्र.अ.सापकोटाको भनाई छ ।
बिद्यालयका प्रधानाध्यापक सिताराम थापाले सञ्चालन गरेको कार्यक्रममा पूर्व बिद्यार्थी समुहका अध्यक्ष मिलन शिवाकोटी, मेचीनगर–१४ का कार्यबहाक वडाध्यक्ष दीपक सुवेदी, वडा सदस्य लाल महमद, अभिभावक माधव प्याकुरेललगायतको आतिथ्य रहेको थियो ।
साथै कार्याक्रममा सहयोगी दाता मित्तललाई बिद्यालयले प्रशंसा पत्रसमेत प्रदान गरेको थियो ।