बिर्तामोडका युवा व्यवसायी डिल्लीराम न्यौपानेले बिर्तामोड उद्योग बाणिज्य संघलाई आर्थिक सहयोग गरेका छन् ।  जन्म दिनको अवसर पारेर बिर्तामोड स्थित न्यु डिजाइन कलेक्सनका प्रोपाइटर न्यौपानेले आज संघका अध्यक्ष राजु न्यौपानेलाई नगद २१ हजार १ सय ११ रुपैंया सहयोग हस्तानतरण गरेका हुन् । 

WhatsApp Image 2024-12-20 at 06.56.21

उनले बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको व्यवसायीक राहत कोषकालागि सहयोग उपलब्ध गराएका हुन् । जन्मदिनमा गरिने फजुल खर्च कटौती गर्दै सामाजिक हितकालागि केहि थोरै भए पनि सहयोग गरिएको न्यौपानले बताए । 

व्यवसायीलाई  आपत बिपत परेको खण्डमा मलमपट्टी लगाउने उद्देश्यले  संघले सहयोग गर्ने भन्दै एक करोड रुपैयाँको कोष खडा गर्ने गरी ‘राहत कोष’ स्थापना गरेको संघका कोषाध्यक्ष युवराज निरौलाले जानकारी दिए ।  संघको कोषलाई न्यौपानेले सहयोग गरेको भन्दै संघका अध्यक्ष राजु न्यौपानेले धन्यबाद प्रकट गरेका थिए । 

सो अवसरमा ब्यवसायी न्यौपानेलाई  संघका पदाधिकारी तथा कार्य समिति सदस्यहरुले जन्मदिनको शुभकामना व्यक्त  गर्दै कदपत्र समेत प्रदान गरेको संघका महासचिव कुशल खतिवडाले जानकारी दिए ।