बिर्तामोड : धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविका विद्यार्थीले बिर्तामोडमा विभिन्न विधाका चित्रकला तथा मूर्तिकला प्रदर्शन गरेका छन् ।

बिर्तामोडको ब्रेउड बुक क्याफेको पहिलो वार्षिकोत्सवको अवसरमा विद्यालयसँगको सहकार्यमा चित्रकला तथा मूर्तिकला प्रदर्शन गरिएको शिक्षक छितेन शेर्पाले बताए । 

cafeeast-1024x551

प्रदर्शनीमा इस्ट होराइजनका १५ जना विद्यार्थीले छ महिनाको सिकाइ र प्रशिक्षणपछि बनाएका चित्र र मूर्तिहरु प्रदर्शनमा राखिएको छ । केही चित्र र मूर्तिहरु बिक्रीका लागि पनि राखिएको शेर्पाले जानकारी दिए । कक्षा ११ र १२ मा अध्ययनरत फाइन आर्ट विधाका विद्यार्थीको सिर्जना प्रदर्शनमा राखिएको हो ।

ब्रेउड बुक क्याफका सञ्चालक दीक्षित ढकालका अनुसार कफीसँगै कलालाई जोड्ने उद्देश्यसाथ इस्ट होराइजनसँग सहकार्य गरेर चित्रकला प्रदर्शनी राखिएको हो ।

प्रदर्शनीका विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राई, प्रशासन प्रमुख सावित्री शर्मा, प्राज्ञ पवन राजवंशीलगायतको उपस्थिति रहेको थियो ।