पोखरा । रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बन गर्न कास्की प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ । कास्की प्रहरीका अनुसार लामिछानेको पद निलम्बन गर्न सभामुखलाई पत्र पठाइएको हो । 

जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोगपत्र दर्ता भएकाले लामिछानेको सांसद पद निलम्बनका लागि सभामुखलाई पत्र पठाइएको हो ।

लामिछानेको हकमा हाल प्रतिनिधिसभा अधिवेशन नरहेकाले सभामुखले सूचना पाटीमा सूचना टाँस्न लगाएसँगै सांसद पद निलम्बन हुनेछ । सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा २७ मा स्वतस् निलम्बन हुने प्रबन्ध रहेको छ ।

अदालतमा अभियोगपत्र दायर भएपछि प्रहरीले त्यसको जानकारी सभामुखलाई दिनुपर्ने हुन्छ । पत्र प्राप्त भएपछि सभामुखले सांसद पद निलम्बन भएकोबारे प्रतिनिधिसभा बैठक चलिरहेको अवस्थामा सभामा जानकारी दिने र अधिवेशन नभएको अवस्थामा सूचना पाटीमा सूचना टाँस्नुपर्ने हुन्छ ।

लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।https://kantipurtv.com/