झापा : हाम्रो ढुवानी सेवाका सञ्चालक तथा युवा व्यवसायी पदम श्रेष्ठले आफ्नो जन्म दिनको अवसर पारेर बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’लाई सहयोग गरेका छन् ।
संघको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच श्रेष्ठले २१ हजार एक सय २१ रुपैयाँ सहयोग गरेका हुन् । उनले संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम प्रदान गरेका थिए ।
संघले स्थापना गरेको कोष अत्यान्त राम्रो रहेको र कोषमा एक करोड रुपैयाँ मात्र होइन त्यो भन्दा धेरै रकम जुटाएर व्यवसायीलाई आपत विपत परेको बेला सहयोग गर्नु पर्ने उनको भनाई छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलको विशेष आतिथ्यमा आयोजित कार्यक्रममा वाणिज्य संघले श्रेष्ठलाई कदरपत्र समेत प्रदान गरेको थियो । संघले स्थापना गरेको राहत कोषमा रकम वृद्धिका लागि सहयोग पु¥याएको भन्दै करद पत्र प्रदान गरिएको थियो ।
सो अवसरमा कुहिनोर ढुवानी सेवाका हेमराज अधिकारी, पूर्वाञ्चल वेकरीमा सञ्चालक प्रल्हाद अधिकारी , व्यवसायी नवीन भण्डारी, पूर्वेली ढुुवानी सेवाका सञ्चालक निर्मलराज खत्री, मोवाइल व्यवसायी महासंघका महासचिव सञ्जय शाह लगायतले श्रेष्ठको कार्यप्रति उच्च प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिववडाले गरेका थिए ।