हल्दिबारी :  हल्दिबारीको भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्कमा आजबाट दोस्रो भेलागढी महोत्सव सुरु भएको छ । आज एक औपचारीक कार्यक्रमको बिच भेलागढी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष पुण्य  प्रसाद लम्सालको अध्यक्षता एवं  कोशी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री माननिय सदानन्द मण्डलकोप्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि मण्डल , पुर्वाधार विकास मन्त्री माननिय भुमि प्रसाद राजवंशी , कोशी प्रदेश सभा सदस्य माननिय छविलाल चुडाल , हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन , हल्दिबारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बन ९महेन्द्र०, हल्दिबारी वडा नं(२ वडा अध्यक्ष सुकलाल राजवंशी लगायतले महोत्सवको सफलताको लागी शुभकामना व्यक्त गर्नु भएको थियोे ।

आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी मण्डलले  भेलागढीका  अधुरो कामलाई प्राथमिकता राखेर अगाडि बड्ने बिश्वास दिलाएका थिए ।

महोत्सव आयोजना गर्नुको उदेश्य माथी सामुहका अध्यक्ष पुन्यप्रसाद लम्सालले प्रकाश पार्दै उद्घाटन कार्यक्रम सम्पन्न भएको कार्यक्रममा स्वागत समुहकी उपाध्यक्ष भिमादेवी लम्सालले गरेको कार्यक्रमको सहजीकरण सचीव खकेन राजवंशीले गरेका थिए।