मेचीनगर

मेचीनगर–१५ ले  रण–खड्ग खवास फाउन्डेसनले आज धुलाबारीमा बिभिन्न क्षेत्रका चारजना व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

 फाउन्डेसनको दोस्रो वार्षीक उत्सव कार्यक्रम धुलाबारी स्थित शान्ति समाजको सभा हलमा उत्कृष्ट कृषक, उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट प्रतिभा र उत्कृष्ट प्रोत्हसान पुरस्कारबाट उनीहरुलाई सम्मान गरेको हो ।  

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् मदन पुरस्कार विजेता कृष्ण धरावासीले उत्कृष्ट कृषक कृषि अभियन्ता चन्द्रगढीका भीम कुँवर, उत्कृष्ट महिला उद्यमी शिवसतासीकी फुलकुमारी चौधरी, उत्कृष्ट प्रतिभा सम्मानबाट मेचीनगरका फरकक्षमता भएका राम बुढाथोकीलाई जनही नगद १५ हजार र प्रोत्हसान पुरस्कारबाट धुलाबारी कक्षा–१० की दिव्या रायाँलाई नगद ५ हजार राशिसहित सम्मान गरेका हुन् ।

666690

पुस्तक विमोचन सम्मानितहरुको प्रशंसापत्र बाचन फाउन्डेशनकी सदस्य शुशिला खवासले गरेकी थिइन् । सोही अवसरमा फाउन्डेसनका अध्यक्ष, साहित्यकार एवम् कम्युनिष्ट नेता भीम खवासको ‘सोनसरी भोकै निदाई’ पुस्तक प्रमुख अतिथि वरिष्ठ साहित्यकार धरावासीले लोकार्पण गरेका थिए । 

खवासको कथासंग्रह पुस्तकको टिप्पणी साहित्यकार चुडामणि वशिष्ठले गरेका थिए ।  खवासको यसअघिका कृतिहरु नविर्सेका दिनहरु, फुटकर लेख, कविताहरु प्रकाशित भइसकेको छ ।

कार्यक्रममा प्रमुख अतिथि धरावासी, नेपाल प्रज्ञा प्रतिष्ठानकी पूर्व प्राज्ञ शुभद्रा भट्टराई, साहित्यकार विष्णुकुमार भट्टराई, सम्मानित व्यक्तित्व कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

फाउन्डेसनका अध्यक्ष भीम खवासको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य एवम् संविधान सभा सदस्य अम्बिका खवासले गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश सदस्य शीला खवासले पारेकी थिइन । कार्यक्रमको सञ्चालन सन्तोष आचार्यले गरेका थिए ।