सुनमाइ १६ पौष । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य गोमा भट्टराईले श्रद्देय नेता बि। पी कोइरालाले आफ्नो जीवन जोखिममा पारेर राष्ट्र र राष्ट्रियताका लागि लिएको मेलमिलाप नीतिको नेपाली राजनीतिमा बेग्लै  महत्व रहेको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस बुद्धशान्ती गाउँ समितिको आयोजनामा ४९ औ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बुद्धशान्ती९७ सुनमाइमा आयोजित खिचडी एवं बनभोज कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो धारणा राख्नुभएको हो ।

कार्यक्रमका बिशेष अतिथी एवं नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले  आफू नरहे पनि राष्ट्र र राष्ट्रियता रहनुपर्छ भन्ने उदेश्य राखेर महामानब बि। पी कोइराला लामो समयको निर्वासित जीवन ब्यतित गरेपछी स्वदेश फर्कनुभएको चर्चा गर्दै देशको बिकास र समृद्धिका लागि राजनीतिक दलबीच सहकार्य र मेलमिलाप अपरिहार्य रहेको बताउनुभयो ।

नेपाली काङ्ग्रेस बुद्धशान्ती गाउँ समिति सभापति चक्र शेर्माको सभापतित्वमा सप्पन्न कार्यक्रममा महिलाहरुका लागि म्युजिकल चेयर, पुरुषहरुबीच हण्डी फुटाउने प्रतियोगिता गराइएको थियो । म्युजिकल चेयरमा रिता सापकोटा खनाल प्रथम हुनुभएको थियो भने हण्डी फुटाउने प्रतियोगितामा खड्ग धिमाल प्रथम हुनुभएको थियो ।

मेचीनगर र बुद्धशान्तिबीच सप्पन्न डोरी तान्ने प्रतियोगितामा मेचीनगर प्रथम भएको थियो ।

गीत९ सङीत, नृत्य एवं बिबिध मनोरञ्जनात्मक प्रस्तुति रहेको कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताको उल्लेख्य उपस्तिथि रहेको थियो । कार्यक्रममा स्वागत चन्द्रकला भट्टराई र सन्चालन मदन मगरले गर्नुभएको थियो ।