विर्तामोड, १६ पुस ।
विर्तामोड २ मा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको बिर्तामोड २ चारपाने २ सुरुङ्गा २ चन्द्रगढी बनियानी ज्ञानेचोक पथरिया ढडुवा र बिर्ताबजार सेवा केन्द्रहरूको आज बिर्ताबजारमा इकाइगत साधारण सभा सम्पन्न भएको हो।
बिर्ताबजार इकाईमा आज बिर्ता बजार सेवा केन्द्र उपसमिति संयोजक यादव कुमार ओलीको अध्यक्षता एवं बिर्तामोड नगरपालिका ३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यतामा इकाइगत साधारण सभा सम्पन्न भएको हो।
सेवा केन्द्र बिर्ताबजार सहयोग समिति सदस्य गीता घिमिरेले स्वागत गरेको कार्यक्रममा अध्यक्षको प्रतिवेदन संस्थाको सहकोषाध्यक्ष नेत्रबहादुर नेपालले प्रस्तुत गरेका थिए।
संस्थाको नीति कार्यक्रम तथा लेखा सुपरिवेक्षणको प्रतिवेदन उपेन्द्रप्रसाद ओलीले प्रस्तुत गरेका थिए। उनी लेखा सुपरिवेक्षण समिति संयोजक हुन्। बाह्य लेखा परीक्षण प्रतिवेदन बिर्तामोड अनुगमन अधिकृत घनश्याम रायले प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन सहयोग समिति सदस्य कुमार बुढाथोकीले गरेका थिए।
कुल ७ वटा इकाई अन्तरगत ८६ वटा उप इकाई गरी कार्यक्रम सम्पन्न हुने अनुगमन अधिकृत रायले जानकारी दिए । अनुगमन अधिकृत रायका अनुसार पुस २७ गते संस्थाको मुख्य कार्यालय चारपानेमा अन्तिम माइनुट प्रमाणीकरण हुनेछ ।