बिर्तामोड, १६ पुस । आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडको आयोजना, बिर्तामोड नगरपालिका वडा नं। ३ को समन्वय तथा सुरुवाती कोठा नेपाल झापाको सहकार्यमा १५ दिने निःशुल्क बारिस्टा तथा सुसी तालिम शुरु भएको छ।

वडाका युवालाई व्यावहारिक तथा व्यावसायिक सीप दिने उद्देश्यले तालिम शुरु गरिएको आयोजक संस्थाका डाइरेक्टर सन्जोक खरेलले बताउनुभयो ।

यो सीप सिक्न बीस हजारसम्म पर्ने भए पनि वडाका युवालाई प्रोत्साहन गर्न साथै स्कुलको सामाजिक उत्तरदायित्वलाई बहन गर्न कार्यक्रम गरिएको डाइरेक्टर खरेलले बताउनुभयो ।

तालिममा बिर्तामोड–३ का ३० जना युवाको प्रत्यक्ष सहभागिता रहेको छ । कार्यक्रममा बिर्तामोड वडा नं। ३ की जनप्रतिनिधि लक्ष्मी रोक्काले युवाले यसरी निःशुल्क पाएको तालिमलाई पूर्ण रुपमा सिकाईमा उत्तार्न आग्रह गर्नुभयो ।

तालिममा सेफ मनिष अर्याल उपाध्यय, सुमन मगरले तालिम दिने आदर्श स्कुलका आउटरिच कोर्डिनेटर दीपक दासले जानकारी दिनुभयो ।