बिर्तामोड–

झापाको बिर्तामोडमा माघ ८ देखि १९ गतेसम्म बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना हुने भएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुन लागेको बिहीबार संघको सभाहलमा आयोजित पत्रकार सम्मेलन मा जानकारी दिइएको हो ।

खच्एिको अर्थतन्त्रलाई चलायमान बनाउँदै व्यापार व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

महोत्सवमा नेपालसहित भारत, बंगशादेश र पाकिस्तानका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा उपस्थिति गराएर सामग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराइने संघका उद्योग उपाध्यक्ष तथा महोत्सव संयोजक विशाल थापाको भनाई छ ।

प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहने गरी महोत्सवलाई चार भागमा विभाजन गरिएको छ ।