संघीय सरकारको वन पैदावार नीति व्यवहारिक नहुंदा फर्निचर तथा फनिसिङ ब्यवसायमा समस्या उत्पन्न भएको सरोकारवालाले बताएका छन् । 

आज झापाको बिर्तामोडमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घको दशौँ जिल्ला अधिवेशनमा सरोकारवालाले त्यस्तो बताएका हुन् । 

फर्निचर तथा फनिसिङ ब्यवसाय अन्य ब्यापार ब्यवसायसंग पनि जोडिएकाले यो ब्यवसाय समस्यामा परेसँगै अन्य ब्यापार तथा ब्यवसायीहरुमा पनि त्यसको असर देखिएको उनीहरुले बताएका हुन् । 

कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले बस्तुगत संघहरु भित्र रहेका समस्या समाधानमा सरकारसंग लबिङ गरिंदै आएको बताए । 

कार्यक्रममा  बिर्तामोड नगर उपप्रमुख संग्रौला , नेपाल उद्योग बाणिन्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य ओमकृष्ण बिमली, महासंघका अध्यक्ष युवराज पौडेल

होटल ब्यवसायी महासंघका उपाध्यक्ष डिभी गौतम, फर्निचर तथा फर्निसिङका मदेश प्रदेश अध्यक्ष बिनोद महत, संघका झापा अध्यक्ष रोहित आचार्यलगायतले आ–आफ्नो धारणा राखेका थिए । 

संघका महासचिव छबिलाल गैरेले सञ्चालन गरेको कार्यक्रममा स्वागत झापा जिल्ला अध्यक्ष रोहित आर्चायले गरेको द्धितिय उपाध्यक्ष खगेन्द्र खरेलले जानकारी दिए ।